बुटवल । समान्यतया बुटवललाई नजिकबाट चिन्नेहरु पुर्खाले नुनतेल किन्ने ठाँउ, लाहुरेहरु सुनौलीहुँदै फर्कँदा बस्ने ठाँउ, कुनै बेला आधा नेपाललाई सामान पु¥याउने बजार भनेर पनि चिन्ने गर्दछन् । इतिहासमा चासो राख्नेले बुद्धकालको बद्धवली, अंग्रेजलाई हराएको जितगढी किल्ला भएको क्षेत्र, लाखौं वर्ष पुरानो रामापिथेकसको बङ्गारा भेटिएको स्थान भनेर पनि बुटवललाई चिन्ने गरिन्छ । मिठो खाना खुवाउने थकालीहरुको…