२६ पुस २०८२, शनिबार | January 10, 2026

बुटवलका अव्यवस्थित बसोबासीलाई प्रमाणपत्र दिने तयारी अन्तिम चरणमा

बुटवल । बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीको अभिलेख राख्न थालेको छ । बुटवल उपमहानगरपालिकाले अव्यवस्थित रुपमा बसोबास गरिरहेका परिवारलाई बसोबासको प्रमाणपत्र दिने तयारी अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ । बुटवलका १९ वटै वडाहरुमा लामो समयदेखि बसोबास गर्दै आएका बासिन्दालाई दाबी विरोध र गुनासो भएमा १५ दिनभित्र कागजातसहित दाबी विरोध गर्न उपमहानगरपालिकाले आह्वान गरेको छ ।…