१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

ओली-लेखक पक्राउबारे संविधानविद् निलाम्बर आचार्यको टिप्पणी : प्रतिसोध र धरपकडले भलो गर्दैन

काठमाडौं । निलाम्बर आचार्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै प्रतिशोध र धरपकडको राजनीतिले कसैको भलो नगर्ने बताएका छन् । संविधानविद् तथा भारतका लागि नेपालका पूर्वराजदूत आचार्यले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका हुन् । उनले देशमा भइरहेको गतिविधिप्रति चिन्ता व्यक्त गर्दै “साह्रै नै नमिल्ने कुरा भइरहेको…