काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन तत्काल प्रारम्भ गर्न सरकारसँग माग गरेको छ। सोमबार पार्टीका प्रवक्ता देवराज चालिसे द्वारा जारी प्रेस विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित पछिल्ला घटनाक्रमहरूले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएका गम्भीर प्रश्नहरू उठाएको उल्लेख गरिएको छ। कांग्रेसले यस्ता…