बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले आफू अमेरिकी नौसेना (यूएस नेभी) तथा स्पेशल फोर्सका पूर्व सैनिक भएको दाबी गरेपछि घटनाले थप रहस्य उत्पन्न गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार ३६ वर्षीय जर्डन ब्राउनलाई सशस्त्र सीमा बल (एसएसबी) ले गत तीनदिन अघि सोनौली थाना क्षेत्रको…