काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले भनिन्, “समाजमा तपाईँ कलाकारहरुको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस् । हाम्रा केही कमी कमजोरी भए पनि औँल्याइदिनुहोस् । तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने…