१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, विशेष महाधिवेशनको दवावबीच छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक राजनीतिक अवस्था, महाधिवेशनको कार्यतालिका र विशेष महाधिवेशनको मागलगायतका विषयमा छलफल हुने बताइएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, आजको बैठक कार्यसम्पादन समितिको पछिल्लो निर्णयलाई लिएर उत्पन्न आन्तरिक विवाद र असहमतिको पृष्ठभूमिमा…