काठमाडौं । हिजोदेखि काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रममा आज छलफल सेशन चल्दैछ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा हिजोदेखि सगरमाथा संवाद कार्यक्रम सुरू भएको हो । सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेबाट सुरू हुने आजको छलफल कार्यक्रममा १७५ विदेशी पाहुनासहित ३५० जनाले सहभागीता जनाउँदै छन् ।…