काठमाडौं । सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीमाथि अन्याय भएको संकेत गर्दै कडा टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उनले “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ” भन्ने टिप्पणी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका गुरुङले शपथ लिएयता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लगायतका उच्च राजनीतिक…