काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तयार गरिएको ‘प्रतिज्ञापत्र’ सर्वसम्मत रूपमा पारित गरेको छ । बुधबार बसेको बैठकले चुनावी घोषणापत्रको रूपमा ल्याउन लागिएको उक्त प्रतिज्ञापत्र अनुमोदन गरेको हो । पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्न लागेको हो । सो प्रतिज्ञापत्र आजै जनकपुरको तिरहुतियामा आयोजना…