काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण पूरा गरी शुक्रबार अपराह्न काठमाडौं फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भारत भ्रमणलाई पारदर्शी, खुला र परिणाममुखी भएको दाबी गरे । उनले यसपटकको भ्रमण विगतका कूटनीतिक भेटघाटभन्दा फरक रहेको उल्लेख गर्दै अधिकांश छलफल खुला रूपमा भएको बताए…