१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

धवलशमशेर र दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानको समूहबीच एकता



काठमाडौं । राष्ट्रवादी, राजावादी र देशभक्त शक्तिलाई एकीकृत गर्ने उद्देश्यसहित दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियान र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान महामन्त्री धवलशमशेर राणा नेतृत्वको समूहबीच एकता भएको छ । शुक्रबार दुवै पक्षबीच एकता सम्झौतामा हस्ताक्षर भएको हो ।

एकतापछि पुराना राजनीतिक शक्तिको विकल्पका रूपमा राष्ट्रवादको मुद्दामा केन्द्रित नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरिएको छ ।

दुवै समूहले सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, पृथ्वीनारायण शाहको दिव्योपदेशमा आधारित राजनीतिक दर्शन तथा ‘एकपटकको नेपाली सधैँको नेपाली’ हुने गरी दोहोरो नागरिकताको व्यवस्था गर्ने एजेन्डासहित नयाँ दल गठन गर्ने बताएका छन् ।

एकता घोषणाका क्रममा उनीहरूले वर्तमान राजनीतिक शक्तिहरूसँगै नयाँ उदाएका दलहरूको पनि विकल्प खोज्ने बताएका छन् । विशेषगरी राष्ट्रवाद, राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई केन्द्रमा राखेर राजनीतिक अभियान अघि बढाइने जनाइएको छ ।

यद्यपि दुई समूहबीच एकताको सहमति भए पनि नयाँ पार्टीको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । पार्टीको नाम, संगठनात्मक संरचना र आगामी कार्यक्रमबारे थप निर्णय क्रमशः सार्वजनिक गरिने बताइएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ६ : २० बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत