काठमाडौं । सरकारले गरेको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको राहदानी (पासपोर्ट) रोक्काको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज (मंगलबार) अधिवक्ता प्रेमराज सिलवालले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्काविरुद्ध रिट दायर गरेका हुन्। भदौ २३ र…