१९ बैशाख २०८३, शनिबार | May 2, 2026

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा निर्माण गरिएका अव्यवस्थित बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यसअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ११ स्थित थापाथली क्षेत्रको बस्ती खाली गराइएको छ भने वडा नं. ९ को गैरीगाउँ र वडा नं. ३१ को शान्तिनगरमा बस्ती हटाउने कार्य जारी रहेको छ ।…