काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समयको अभावका कारण निर्वाचनअघि महाधिवेशन गराउने प्रस्ताव असम्भव देखिएको बताएका छन् । आज आफ्ना पक्षधर नेताहरूसँग भएको छलफलमा कोइरालाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाखमा महाधिवेशन गर्ने संस्थापनको प्रस्तावलाई समयअभावकै कारण रोक्न नसकेको बताएका हुन् । महाधिवेशन पछि सार्न आफू इच्छुक नभए पनि उपलब्ध समय पर्याप्त नभएकाले निर्वाचनअघि महाधिवेशन…