बुटवल । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन-२०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका अध्यक्ष चित्रबहादुर केसीले ४० पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेका हुन् । २५ बुँदामा समेटिएको घोषणापत्रमा वर्तमान सरकारलाई अवैधानिक ठहर गर्दै…