काठमाडौं । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने दिनको नियम परिमार्जित गरेको छ । सिफारिसका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मितिभन्दा कम्तिमा सात दिनअगावै दरखास्त पेस गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब चार दिनअगावै दरखास्त पेस गर्नुपर्ने गरी निर्णय गरेको हो । सोमबार बसेको चलचित्र विकास बोर्डको बैठकले नियमलाई…