काठमाडौं । आगामी दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का साडी र चोलीमा सजिएर उभिएर ट्याक्टर चलिरहेको देखाइएको छ । साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमाको अपोजिटमा उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेत रहेका छन्…