काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल सरकारले खोजी, उद्धार तथा राहत र पुनःस्थापनाका लागि उपलब्ध सबै स्रोतसाधन तथा प्रयास परिचालन गरेको छ । साथै सरकारले जारी खोजी, उद्धार तथा राहत प्रयासका लागि आवश्यक सबै सामग्री र स्रोतसाधनको मूल्याङ्कन, अनुरोध, प्राप्ति तथा परिचालन गर्न छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय समुदायसँग समन्वय गरिरहेको छ…