४ भदौ २०८३, बिहिबार | August 20, 2026

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह



काठमाडौं । नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरे। भारतीय सहयोगमा सञ्चालित जनकपुर– जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका बारेमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजीकरणका लागि भारतीय सचिवलाई आग्रह गरेका मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।

“शिष्टाचार भेटवार्ता भएकाले मिहिन तरिकाले आयोजनाका समग्र पाटा र पक्षका बारेमा छलफल त भएन, तर समस्या समाधान गर्ने तथा शीघ्र आयोजना सम्पन्न गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ”, सचिव शर्माले भने । यस्तै, काठमाडौँ– रक्सौल रेलमार्ग तथा अन्य परियोजनाका बारेमा महत्वपूर्ण छलफल भएको उनको भनाइ छ । सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : १० बजे

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।