२९ पुस २०८२, मंगलबार | January 13, 2026

हेटौंडा उपमहानगरपालिकामा मतगणना सुरु

हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । हेटौंडास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणनास्थलमा रहेका चार स्थानबाट मतगणना सुरु भएको हो । गएराति बसेको सर्वदलीय बैठकले शनिबार बिहानबाट मतगणना सुरु गर्ने सहमति गरेको थियो । वडा नम्बर १, २, १८ र १९ को मतगणना पहिले गरिने निर्वाचन कार्यालयले जनाएको छ ।