काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी टोलीको अग्नि परीक्षा सुरु भएको र प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री गहतराजले प्रतियोगिता सफल बनाउन सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए टोलीलाई आग्रह गरेका हुन् ।…