५ आश्विन २०८३, सोमबार | September 21, 2026

कालिका माबी बुटवलमा पन्ध्रौ नियमित रक्तदान, चौहानले गरे ७४ औं पटक रक्तदान



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र रुपन्देही नागरिक समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको पन्ध्रौं सृङ्खला सम्पन्न भएको छ । पन्द्रौं सृङ्खलाको नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले उदघाटन गरे । रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै पंगेनीले रक्तदान अभियान सबैको साझा अभियान भएको बताए । डेंगुका बिरामीहरु बढ्दै जाँदा रुपन्देहीमा रगतको माग बढेको बेला रक्तदान कार्यक्रमलाई बढीभन्दा बढी संचालन गर्नुपर्ने उनले बताए ।

सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री ब्यक्तिगत ७४ औ पटक रक्तदान गरे । उनले खबरकुरासँग कुरा गर्दै युवाहरुलाई रक्तदानमा अग्रसर गराउने लक्ष्यका साथ कार्यक्रम चलाईरहेको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा अध्यक्ष गोविन्द भुसालले संस्थागत रुपमा रक्तदान अभियानलाई चलाउदै आएको बताए ।

कार्यक्रममा नागरिक समाजका सल्लाहकार टेकबहादुर थापा, कालिका मा.वि.का अध्यक्ष होमबहादुर गलामीले रक्तदानको महत्व समुदायमा बुझाउन पनि चोकचोकमा रक्तदानका कार्यक्रम गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक शंकर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : २२ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा