खोटाङ । खोटाङको साकेला गाउँपालिकाले सहिद स्तम्भ पार्क (उद्यान) निर्माण गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका ७३ जनाको सम्मान र सम्झनामा साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङमा सहिद स्तम्भ पार्क निर्माण गरिएको हो । प्रदेश सरकारको क्रमागत योजना अन्तर्गत चालु आर्थिक वर्ष विनियोजित १५ लाखको खर्चमा गाउँपालिकाले सहिद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरेको…