काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढिरहँदा गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले बुधबार एक सूचना जारी गर्दै देशको प्रमुख प्रशाशनिक निकाय सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म…