६ पुस २०८२, आइतबार | December 21, 2025

पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार

सुर्खेत । नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन सत्रमा आफूहरूलाई औपचारिक निमन्त्रणा नआएको भन्दै संस्थापनइतर (पौडेल) समूह अनुपस्थित भएको हो । संस्थापन (शेरबहादुर देउवा) समूहका जीवनबहादुर शाहीको नेतृत्वमा अधिवेशन संयोजन समिति गठन गरेको थियो…