८ पुस २०८२, मंगलबार | December 23, 2025

बजेट पारित गर्न एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८२/८३को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ । सरकारको नेतृत्व गरेको एमाले संसदीय दलको तर्फबाट मुख्यसचेतक महेश बर्तौलाले बजेटमा मतदान गर्न ह्वीप लगाएका हुन् । प्रतिनिधिसभाबाट भोलि मंगलबार बजेट पारित गर्ने कार्यसूची रहेको छ ।