बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश समितिका लागि आज बिहानबाट सुरु भएको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि बिहान ११ बजेबाट सुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको हो । कुल १ हजार ६ सय ७० मतदाता मध्ये १ हजार ६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको…