नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) पार्टीले बाँकेका दलबहादुर सुनारलाई केन्द्रीय पोलिटब्युरो सदस्यमा मनोनित गरेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहिबारबाट जारी स्थायी कमिटि बैठकले बाँकेका अर्का नेता अशोक कोईरालालाई केन्द्रीय सदस्य सहित बाँके ईन्चार्जमा, युवा नेता अब्दुल हुसेन खानलाई जिल्लाको सह ईन्चार्जमा चयन गरेको छ । कोईराला यस अघि बाँके जिल्ला कमिटीका अध्यक्ष थिए…