काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११, चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले बताइन् । सबैलाई अस्पताल ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली घटनास्थलमै पुगरे उपचार गरेको उनले जानकारी दिइन् । गम्भीर बिरामी तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको उनले बताइन्…