काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलहरुसँग मन्त्रीको लिस्ट मागेका हुन् । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवार साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् । ‘प्रधानमन्त्रीज्यू जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन…