काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक प्रधानमन्त्री बनेपछि मन्त्रिपरिषद बाहेकको पहिलो बैठक कोभिडको उपचार, रोकथाम र व्यवस्थापनबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग गरेका छन् । देउवाले प्रधानमन्त्री नियुक्त भई कार्यभार सम्हालेपछि पहिलो बैठक बोलाएर सीसीएमसीका पदाधिकारीसँग छलफल गरेका हुन्। सीसीएमसीका पदाधिकारीहरुसँगको छफलमा प्रधानमन्त्री देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई चुस्त र प्रभावकारी बनाउन…