सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची खोलाको मुहान क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि मेलम्ची आसपासका क्षेत्रका स्थानीयलाई 'हाइअलर्ट'मा राखिएको छ । लेदो सहितको पानी बग्ने र नदीको दाँयाबाँयाबाट पहिरो खस्ने क्रम निरन्तर जारी रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । मेलम्चीको मुहान क्षेत्रमा वर्षा नरोकिएको र डाँडा खस्ने क्रम पनि नरोकिएकोले जोखिम अझै बढ्दै गएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता…