१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

तुइन काट्ने एसएसबी जवान विरुद्ध भारतीय थानामा ‘एफआईआर’



दार्चुला । महाकाली नदीमा तुइनबाट नदी पार गरिरहेका बेला तुइन काटिदिने एसएसबीका २ जवान विरुद्ध नदीमा बेपत्ता भएका युवकका परिवारले भारतीय थानमा एपआईआर पेश गरेका छन् । दार्चुलाको व्यास गाउँपालिका-२ मालघाटमा एसएसबीले तुइन काटिदिएपछि स्थानीय नेपाली युवा जयसिंह धामी महाकालीको भेलमा खसेर बेपत्ता भएका थिए। २ दिन देखि धामी जिउँदो वा मृत नभेटिए पछि धामी परिवारले तुइन काट्ने एसएसबीका जवान विरुद्ध उत्तराखण्डको पाँगला थानामा उजुरी (एफआईआर) दर्ता गराएका हुन् ।

ब्याँस गाँउपालिकाका स्थानीय धामी भारतीय बाटो हुँदै शुक्रबार बिहान दार्चुलाको सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट माहाकाली तर्दै गर्दा नदीमा खसेका थिए । तुइन तरिरहेका ३३ वर्षीय धामी नदी पार गरि नसक्दै एसएसबीका जवानहरुले तुइन काटिदिएपछि महाकालीमा खसेर बेपत्ता भएका छन्।

तुइनबाट नदी पार गरिरहेका अवस्थामा बिचमै तुइन काटिदिएर एसएसबीका जवानले गम्भीर अपराध गरेको भन्दै कारबाही माग गर्दै जयसिंहका आफन्त बहादुर सिंह धामी र जोखसिंह धामीले भारतीय थानामा निवेदन दिएका हुन्।

माहाकालीमा पक्की पुल नहुँदा बर्षौदेखि माहाकाली वारिपारीका स्थानीय निजी स्तरमा तुईन तान्दै नदी आरपार गर्ने गरेका छन् । नेपाल र भारत दुबै तर्फ सरकारी कार्यालयमा रजिष्टर नभएका र सरकारी निकायबाट अनुमती समेत नलिई मा्हाकालीमा वारी र पारीका आफन्तहरुले तुइन लगाउने गरेका छन् । गैरकानुनीरुपमा तुइन प्रयोग भईरहँदा नेपाली सुरक्षा निकायले सदासयता देखाएपनि भारतीय पक्षले पटक पटक अवरोध पु¥याउने गरेको स्थानीयको गुनासो छ ।

तुइन काटेर नेपाली खसेकोबारेमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अधिकारीलाई पत्र पठाएकोमा विठौरागढ जिल्ला प्रशासनले भने एसएसबीको संलग्नता नभएको प्रतिउत्तर पठाएको थियो । तुइन काटिएको घटना छानबिन गर्न गृह मन्त्रालयले गृह सचिव नेतृत्वको समिति बनाएको छ।

समितिमा गृह प्रवक्ता, नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन्।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : ५१ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ