नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशालामा भएको १६८ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका ७ जना सहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डीसीएमसी बाँकेका अनुसार बाँकेमा आज जिल्ला भित्रको मृत्यु दर शुन्य रहेको छ भने जिल्ला बाहिरका १ जना कोरोना संक्रमितको मृत्यु भएको…