पोखरा । शुक्रबार गण्डकी प्रदेशमा यस महिनाकै सबैभन्दा कम संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४०२ जनामा गरिएको नमुना परीक्षणमा ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा प्रदेशका दश जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १११…