नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ पीसीआर प्रयोगशालामा भएको १८४ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका १० जना सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा बाँकेमा जिल्ला भित्रका १ जना सहित ४ जनाको मृत्यु भएको छ भने २६ जना कोरोना मुक्त भएका छन् । बाँकेमा १८० जनाको एन्जिेन परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको डीसीएमसीले जनाएको छ ।
जिल्लामा आज सम्ममा जिल्ला भित्रका २५७ सक्रिय संक्रमित रहेका छने भने जिल्ला बाहिरका ८७ जनाले बाँकेमा कोरोनाबाट मुक्तिको प्रतिक्षा गरिरहेका छन् ।
प्रतिक्रिया