बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४५ नमुनाको पीसीआर परीक्षण गर्दा २५ जनामा संक्रमिण पुष्टि भएको हो । सोही अवधिमा रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ भने १७८ जना कोरोना मुक्त भएका छन् । जिल्लामा अहिले पनि ६१५ जना सक्रिय संक्रमित रहेका छन्…