बुटवल । लुम्बिनी सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जनता समाजवादी पार्टी जसपाले आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ । जसपा संसदीय दलको तर्फबाट प्रमुख सचेतक पूरमती ढेंगा मगरले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप लगाएकी हुन् । नीति तथा कार्यक्रम समयसापेक्ष नभएको भन्दै मगरले कार्यक्रम असफल पार्नका लागि…