काठमाडौं । मध्यराती राष्ट्रपतिबाट मध्यावधि निर्वाचनको घोषणा गराएका प्रधानमन्त्री केपी ओलीले आज निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । आयोगका पदाधिकारीहरुलाई निवासमै बोलाएर प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका हुन् । बालुवाटारमा पुगेका आयोग पदाधिकारीलाई उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते…