काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन । आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्री देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । जोशीका अनुसार संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् । संसद्मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा ‘एमाले’, नेकपा ‘माओवादी…