काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाइ गर्नुपर्ने बताएका छन् । भट्टराईले हटाउनु पर्ने चारवटा कारणहरू प्रस्तुत गर्दै आजै प्रधानमन्त्रीबाट ओलीलाई हटाउनु पर्ने बताएका हुन् । आज बिहान ट्विट् गर्दै भट्टराईले कोरोना नियन्त्रणमा असफल भएको, संविधानविपरीत संसद विघटन गरी दुईरतिहाईको जनमत खेर फालेर…