२ भदौ २०८३, मंगलबार | August 18, 2026

नेपालमा थपिए १०८९ नयाँ कोरोना संक्रमित, २० जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १,०८९ जना कोरोना संक्रतिम थपिएका छन् भने भने १ हजार ५३४ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जनामा तथा २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । सोही अवधिमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ । नेपालमा आज सम्ममा ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ५ : ५३ बजे

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले गठन गर्‍यो चार सदस्यीय टोली

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’

बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको

चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-६ लोक्पास्थित क्यान्टिलिभर पुल ढुङ्गा

दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन

चितवन । गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले यहाँको