चितवन । निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पोरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना…