काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरुलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीमाथि प्रहरीले धरपकड गर्दै पक्राउ गरेको हो । प्रदर्शनका क्रममा प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, कृष्ण कंडेल सहित दुई दर्जन अधिकारकर्मीलाई पक्राउ गरेको छ…