वीरगञ्ज । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी-अमलेखगञ्ज पाइपलाइन विस्तार गरी लोथरसम्म पुर्याउने लक्ष्यसहित काम सुरु भएको नेपाल आयल निगम(एनओसी)ले जनाएको छ । “अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइपलाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको छ,”…