धनगढी । धनगढीमा नेकपा एमालेका दुई गुटबीच झडप भएको छ । पार्टी कार्यालय स्थापनाको क्रममा एमालेका भीम रावल र कर्णबहादुर थापा पक्षीय कार्यकर्ताहरुबीच झडप भएको हो । भीम रावल नेपाल पक्षधर नेता हुन भने थापा ओली पक्षधर नेता हुन् । चटकपुरस्थित तत्कालिन नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा एमालेको बोर्ड राख्ने क्रममा थापा पक्षका कार्यकर्ताले रावलको नेमप्लेट…