काठमाडौं । नेपाल सरकारले भारतमा निर्मित कोरोना खोप प्रयोग गर्न अनुमति प्रदान गरेको छ । औषधि व्यवस्था विभागले भारतमा निर्मित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको हो । कोभिसिल्ड सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोप हो । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको छ ।…