काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दलसम्बन्धी विवादको छिनोफानो समयअगावै हुने जनाएको छ । निर्वाचन आयोग पुगेका नेकपा प्रचण्ड–नेपाल पक्षीय नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रचलित कानूनको अधिनमा रही समयमै विवादको टुंगो लगाउने बताएका हुन् । प्रमुख आयुक्त थपलियाले प्रचलित कानून र सर्वोच्च अदालतका नजिरको आधारमा वैधानिकताको निरुपण हुने जनाए ।…