तुलसीपुर । पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताए। अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको भन्दै उहाँले स्वस्थ राजनीतिक बहस…